ADD FOR WEBSIDE ADD FOR WEBSIDE

महिला एशिया कपका लागि प्रारम्भिक टोलीको घोषणा

बिहीबार, जेठ १०, २०८१

काठमाडौँ  :महिला एशिया कपकालागि नेपालले प्रारम्भिक टोलीको घोषणा गरेको छ । नेपाल क्रिकेटसंघ क्यानले बिहिवार ईन्दु बर्माको कप्तानीमा २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । टोलीमा कप्तान वर्मासंगै रुबिना क्षेत्री, सीता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर), पूजा महतो, डल्ली भट्ट, बिन्दु रावल, रोमा थापा, सबनम राई रुबी पोद्दार (विकेटकिपर) रहेकी छन् ।

खुशी डंगोल,लक्ष्मी साउद, अलिशा खाडिया, अप्सरी बेगम, करुणा भण्डारी, अस्मिना कर्माचार्य, संगीता राई, आरती महतो, सावित्री धामी, ममता चौधरी, यशोदा विष्ट छन्। यसैगरी, कृतिका मरासिनी, सोनी पाखरिन, राजमती ऐरी, र हेलिशा गुरुङ पनि टोलीमा अटाएका छन् ।

एसिया कप आगामी आगामी जुलाई १९ बाट श्रीलंकामा हुँदैछ । एसिया कपमा नेपाल, भारत, पाकिस्तान ,युएई ,बंगलादेश ,श्रीलंका, मलेसिया र थाईल्याण्ड सहित ८ टोली सहभागी छन् । नेपाल रहेको समुह एमा भारत,पाकिस्तान जस्ता बलिया टोली रहेका छन् । नेपालले आफ्नो पहिलो खेल जुलाई १९ मा पाकिस्तानसंग खेल्ने छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्