ADD FOR WEBSIDE ADD FOR WEBSIDE

सी डिभिजन लिगः महावीर र रानीवनको बराबरी 

शुक्रबार, चैत २३, २०८०

काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा महावीर क्लब र रानीवन स्पोर्ट्स क्लबबीचको खेल बराबरीमा सकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालयमा शुक्रबार भएको खेलमा दुबै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् । 

लिगको पहिलो खेलमा महावीर क्लबका शिवप्रसाद चौलागाईँले दोस्रो हाफको अतिरिक्त समयको चौथो मिनेटमा गरेको गोलले महावीरलाई हारबाट जोगाएको छ । रानीवनका लागि धनराज थापाले एक गोल गरेका हुन् । खेलको पहिलो हाफको इन्जुरी समयमा धनराजले गोल गर्दै अग्रता दिलाएपनि अन्तिमसम्म जोगाउन नसक्दा जित निकाल्नबाट चुक्यो । खेलमा बराबरीसँगै महाबीर र रानीवनले १÷१ अंक बाँडेका छन् । 


नेपाली फुटबलमा तेस्रो वर्गीकरणको सी डिभिजन लिग अन्तर्गत शनिबार दुइ खेल हुँदैछन्। पहिलो खेलमा सामाजिक युवा क्लबले पुल्चोक स्पोर्टस् क्लबसँग दिउँसो १ बजे भिड्दा दोस्रो खेलमा मनोहरा युनाइटेडले स्पोर्टस् सेन्टर क्लबसँग सवा ४ बजे प्रतिष्पर्धा गर्नेछ।

बिहीबारदेखि शुरु भएको लिगमा उपत्यका बाहिरका ५ सहित १४ टोलीले सहभागीता जनाएका छन्।  सिंगल राउण्ड रोबिनको ढाँचामा खेलाईने लिग विजेताले रु. १० लाख पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले रु. ७ लाख र तेस्रो हुने टोलीले रु. ५ लाख प्राप्त गर्नेछन् । लिगमा उत्कृष्ट खेलाडीले रु. ५० हजार, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही रु. ३५ हजार प्राप्त गर्नेछन्।
 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  २२:१२
प्रतिक्रिया दिनुहोस्