ADD FOR WEBSIDE ADD FOR WEBSIDE

सन्दीप लामिछानेलाई भिषा दिलाउन ज्ञानेन्द्र शाहीको दौडधुप

बिहीबार, जेठ १०, २०८१

काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाको भिषा दिलाउन उच्च तहका नेताहरुको दौडधुप तिब्र बनेको छ । बुधवार अन्तवार्ता दिन काठमाडौंस्थित अमेरिकी दुतावास पुगेका लामिछानेलाई भिषा दिन अस्वीकार गरेसँगै नेपाल क्रिकेट संघ क्यानसहित बिभिन्न तहबाट अहिले उच्च पहल भईरहेको हो ।

उनको भिषा प्रकृया सहज बनाइदिन आग्रह गर्दै राप्रपाका सांसद ज्ञानेन्द्र शाही पनि दौडधुप गरिरहेका छन् । उनले बिहिवार सन्दीप लामिछानेलाई विश्वकप खेल्न अमेरिका जाने भिसा प्रक्रियाका लागि नेपाल सरकारका सबै निकाय  प्रधानमन्त्री कार्यालय ,गृहमन्त्री र खेलकुद मन्त्रीसँग पहल गरेको सामाजिक सञ्जालमार्फज जानकारी दिएका छन् ।  

खेलकुदमन्त्री बिराज भक्त श्रेष्ठ र सन्दीप लामिछानेसंगै बसेर खिचेको तस्वीर समेत सार्वजनिक गर्दै विश्वकप खेल्ने बाटो खुल्ने आशा ब्यक्त गरेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १३:४३
प्रतिक्रिया दिनुहोस्