ADD FOR WEBSIDE ADD FOR WEBSIDE

विश्वकपमा सन्दीपलाई पठाउन खेलकुद मन्त्रालयको पहल

सहजीकरण गर्न अनुरोध गर्दै परराष्ट्रलाई पत्राचार
बिहीबार, जेठ १०, २०८१


काठमाडौं: काठमाडौंस्थित अमेरिकी दुतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिषा दिलाउने युवा तथा खेलकुद मन्त्रालयले आवश्यक पहल गरेको छ ।
 हिजो अन्तरवार्तामा बोलाएर लामिछानेलाई भिषा दिन अस्वीकार गरेपछि मन्त्रालयले सहजीकरण गरिदिन आज परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको मन्त्रालयका प्रवक्ता शिवप्रसाद रेग्मीले जानकारी दिए । 
त्यसअघि नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का र लामिमछानेसहितको टोलीले खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग भेट गरेको थियो । लगत्तै मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई सन्दीपको भिषा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाएको रेग्मीले बताए। 
लामिछानेको भिषाको लागि गर्नुपर्ने सबै पहल गरेको र आवश्यक सहयोग जारी राख्ने मन्त्रालयले बताएको छ । अब परराष्ट्रले सन्दीपको भिषाको लागि सहजीकरणको प्रक्रिया अगाडी बढाउने अपेक्षा गरिएको छ ।
टी– ट्वान्टी विश्वकप खेल्न अमेरिका पुगेको टोली परिवर्तन गर्नेसमय नेपालसँग भोलि मध्यरातिसम्म छ । क्यानले सन्दीपलाई अमेरिका पठाउन ताकेता गरिरहेको छ  ।

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १७:५७
प्रतिक्रिया दिनुहोस्