ADD FOR WEBSIDE ADD FOR WEBSIDE
आईपीएल

फाइनल पुग्न हैदराबाद र राजस्थान प्रतिष्पर्धा गर्दै

शुक्रबार, जेठ ११, २०८१


काठमाडौँ : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शुक्रबार दोस्रो क्वालिफायर खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदराबादबीच प्रतिपर्धा हुँदैछ ।


पहिलो क्वालिफायरमा कोलकत्ता नाइट राइडर्ससँग ८ विकेटले पराजित भएको सनराइजर्स हैदराबाद दोस्रो क्वालिफायर खेल्न चेन्नई पुगेको हो भने राजस्थान रोयल च्यालेन्जर्स बैंलुरुलाई हराउँदै दोस्रो क्वालिफायरमा पुगेको हो ।


यी दुइबीचको खेल नेपाली समय अनुसार शुक्रबार बेलुकी ७ः४५ बजे चेन्नईमा शुरु हुनेछ । आईपीएलमा राजस्थान र हैदरावादबीच हालसम्म १९ खेल हुँदा हैदराबादले १० खेल जितेको छ भने राजस्थानले ९ खेलमा जित निकालेको छ ।

पहिलो क्वालिफायरको विजेता कोलकाता नाइट राइडर्स फाइनलमा पुगिसकेको छ । शुक्रबारको खेलमा विजेताले आगामी आइतबार कोलकत्तासँग उपाधिका लागि भिड्ने छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ०८:०९
प्रतिक्रिया दिनुहोस्