ADD FOR WEBSIDE ADD FOR WEBSIDE

प्रत्येक विद्यालयमा खेल शिक्षक हुनुपर्छःघिसिङ

शुक्रबार, जेठ ११, २०८१

काठमाडौँ  :राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रत्येक विद्यालयमा खेल शिक्षक हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाल खेलकुद पत्रकार संघको १९ औं साधारण सभालाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै सदस्यसचिव घिसिङले हरेक विद्यालयका खेल शिक्षक राख्नुपर्ने बताएका हुन् ।
उनले आफ्नो कार्यालयमा विभिन्न खेल संघहरु ६१ वटामा झार्न सफल भएको सुनाउँदै खेल पत्रकारलाई खेललाई अर्थतन्त्रसँग जोडेर खोजमुलक समाचार लेख्न आग्रह गरेका छन् । त्यसको लागि परिषद्ले सहयोग गर्ने उनले बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्