ADD FOR WEBSIDE ADD FOR WEBSIDE

राष्ट्रिय फुटबलको सहायक प्रशिक्षकमा चेतन घिमिरे 

शुक्रबार, जेठ ११, २०८१

काठमाडौँ  : नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा चेतन घिमिरे नियुक्त भएका छन् । नेपाल पुलिस क्लबका प्रशिक्षक समेत रहेका घिमिरेलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । गोलकिपर प्रशिक्षकमा मनिष तिमिल्सिनालाई नियुक्त गरेको छ ।

भारतीय आइ लिग क्लबको गोलकिपर प्रशिक्षक समेत भईसकेका तिमिल्सिनाको आगमनसंगै नेपाली पुटबलमा सुधार हुने अपेक्षा गरिएको छ । यसअघि नेपाली टोलीको सहायक प्रशिकक्षमा प्रवेश कटुवाल र  गोलकिपर प्रशिक्षकमा विनोद डंगोल थिए ।  

नेपाल र युएईबीच यहि जेठ २४ गते फिफा विश्वकप छनोटको दोस्रो चरणको खेल खेल्नेछ । यसैको तयारीका लागि एन्फाले तयारी तिब्र पारेको हो । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्