ADD FOR WEBSIDE ADD FOR WEBSIDE

गाली खाएपछि अभयाले हटाइन् सन्दीपविरुद्ध लेखेको स्टाटस

शुक्रबार, जेठ ११, २०८१

काठमाडौँ : चर्चित म्युजिक ब्याण्ड अभया एण्ड द स्टिम ईन्जिनका सदस्य अभया सुब्बा बिबादमा तानिएकी छन् । क्रिकेट सन्दीप लामिछानेसंग जोडिएर फेसबुकमा स्टाटस लेखेपछि उनी बिबादित बनेकी हुन् । सुब्बाले सामाजिक सञ्जालमा सन्दीप लामिछानेका सबै फ्यान र समर्थकहरूले मलाई अनफ्रेन्ड गरिदिनु होला भन्दै उनलाई समर्थन गर्ने नीचहरुसंग साथी हुनुभन्दा केहि असल साथी मात्रै फेसबुकमा होस भन्दै स्टाटस लेखेकि थिईन् ।

उनको स्टाटसपछि उनलाई गालीको बर्षासंगै अनफलो हुन थालेपछि उनले अन्ततःस्टाटस नै डिलिट गरेकी छन् । अभया एण्ड द स्टिम ईन्जिन सन् २००५ देखि रक ब्यान्डको रूपमा पहिचान बनाएका थिए । सक्दीन बोलको गितले उक्त ब्याण्डलाई परिचत गराएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्