ADD FOR WEBSIDE ADD FOR WEBSIDE

आरसी -३२ ‘सी’ डिभिजनको शिर्षमा

शुक्रबार, जेठ ११, २०८१

काठमाडौँ : आरसी -३२ शहिद स्मारक ‘सी’ डिभिजन लिग फुटवलको शिर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा मनोहरा युनाईटेड युथ क्लवलाई २–१ गोल अन्तरले पराजित गर्दै शिर्ष स्थानमा पुगेको हो । आरसी ३२ को जितमा आषिश लावती र किस्मत लिम्बुले गोल गरे ।

मनोहराकालागि उत्तम शाहीले सान्त्वना गोल गरे । जितसंगै आरसी ३२ ले २२ अंक जोडेको छ । हारसंगै मनोहराले भने शिर्ष चारमा रहने मौका गुमाएको छ ।

आरसी -३२ का बिवेक राई प्लेअर अफ दी म्याच घोषित भए । २० अंकको बागमती दोस्रो तथा १९ अंकको पुल्चोक तेस्रो स्थानमा छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १८:४०
प्रतिक्रिया दिनुहोस्