ADD FOR WEBSIDE ADD FOR WEBSIDE

सन्दीपको भिषा नआउँदा क्यान रनभुल्लमा, विश्वकप स्क्वाड समेत घोषणा भएन

शुक्रबार, जेठ ११, २०८१

काठमाडौँ :नेपाल क्रिकेटसंघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले सन्दीप लामिछानेको भिषा टुङ्गो नलागे सम्म टी–२० विश्वकप खेल्ने अन्तिम स्क्वाड घोषणा नहुने बताएका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले दिएको मे २४ सम्मको समय सकिएपनि नेपालले अन्तिम स्क्वाड घोषणा गरेको छैन । स्पोर्टस् हबसंग कुरा गर्दै क्यान अध्यक्ष चन्दले भने, “क्यानका कारण स्क्वाड घोषणा नभएको हैन,तर हामीले चाहेको खेलाडीको भिषा नपठाएका कारण स्क्वाड अझै कम्प्लिीट बनेको छैन ।” त्यसकारण आईसीसीलाई आग्रह गरेका छौँ । सन्दीपको टुङ्गो लागेपछि मात्रै हामी स्क्वाड दिन्छौँ।

लामिछाने गत बुधवार नेपाल स्थित अमेरिकी दुतावासमा अन्तवार्ताका लागि पुगेपनि दुतावासले भिषा दिन अस्वीकार गरेको थियो । त्यसयता नेपाल क्रिकेट संघ क्यानले लामिछानेको भिषा सहजीकरणका लागि सरकारी उच्च ओहोदामा छलफल जारी राखेको छ । क्यानले लाछिानेको भिषा प्रकृया मिलाउने जिम्मा अब सरकारले थाल्ने समेत बताएको छ ।

क्यानका अध्यक्ष चन्दले राष्ट्रसंघ जोडिएको बिषय भएकाले लामिछानेको कुनै त्यस्तो पुरानो रेकर्ड देखिए करेक्सन गरेर भएपनि भिषा पाउनुपर्ने बताए । कुनै पनि हालतमा अन्तिम १५ मा सन्दिपलाई समेट्ने गरी तयारी भईरहेको चन्दले बताए । अहिले तत्काल १५ जनाको नाम राखेर आईसीसीलाई पठाईदिउँ पछि चेन्ज गर्न नमिल्ने ,सन्दीपकै नाम राखेर पठाईदिउँ उनको भिषा छैन फेरि, उनी भन्छन् “कुनै कारण सन्दीपले भिषा पाएनन् भने १४ जनाले मात्रै विश्वकप खेल्न सकिन्न ,कोचले १६,१७ जनाको नाम मागिरहेका छन् ।” हेरौँ केहि पक्कै होला । 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  २३:०२
प्रतिक्रिया दिनुहोस्