ADD FOR WEBSIDE ADD FOR WEBSIDE

सी डिभिजन लिगः सानेपा क्लब बागमतीसँग ३–१ ले पराजित

शुक्रबार, चैत २३, २०८०

काठमाण्डौँ । शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा बागमती युवा क्लबले सानेपा क्लबलाई ३–१ गोलले हराउँदै विजयी शुरुवात गरेको छ । 
अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालयमा शुक्रबार भएको खेलमा सानेपा स्तब्ध बनेको हो। लिगमा पहिलो जित दर्ता गराउन सफल बागमतीका लागि बिमल घिसिङ र सृजनराज गौतमले समान एक/एक गोल गरेका हुन् भने एक गोल उपहार पाएको हो । खेलको ३१ औं मिनेटमै बागमतीले अग्रता लिएको थियो । बिमलको गोलले अग्रता लिएको बागमतीलाई ६० औं मिनेटमा सृजनले गरेको गोले अग्रतालाई दोब्बर बनाएको थियो ।

 खेलको ७६ औं मिनेटमा पेम्बा लामाले पेनाल्टीबाट गरेको गोलमार्फत सानेपा खेलमा फर्कन प्रयास गरेको थियो ।तर, जित निकाल्न भने सकेन । ८५औं मिनेटमा बागमतीको साइडबाट आएको पासलाई जोगाउने क्रममा सानेपाका अमिर केसीले आत्मघाती गोल गरेपछि बागमतीले उपहार पाएको हो ।  जितसँगै बागमतीले ३ अंक जोडेको छ। नेपाली फुटबलमा तेस्रो वर्गीकरणको सी डिभिजन लिग अन्तर्गत शनिबार दुइ खेल हुँदैछन्। पहिलो खेलमा सामाजिक युवा क्लबले पुल्चोक स्पोर्टस् क्लबसँग दिउँसो १ बजे भिड्दा दोस्रो खेलमा मनोहरा युनाइटेडले स्पोर्टस् सेन्टर क्लबसँग सवा ४ बजे प्रतिष्पर्धा गर्नेछ ।


बिहीबारदेखि शुरु भएको लिगमा उपत्यका बाहिरका ५ सहित १४ टोलीले सहभागीता जनाएका छन्।  सिंगल राउण्ड रोबिनको ढाँचामा खेलाईने लिग विजेताले रु. १० लाख पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले रु. ७ लाख र तेस्रो हुने टोलीले रु. ५ लाख प्राप्त गर्नेछन् । लिगमा उत्कृष्ट खेलाडीले रु. ५० हजार, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही रु. ३५ हजार प्राप्त गर्नेछन्।
 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  २२:१५
प्रतिक्रिया दिनुहोस्