ADD FOR WEBSIDE ADD FOR WEBSIDE

हैदराबाद आईपीएलको फाईनलमा, राजस्थान  ३६ रनले पराजित

शनिबार, जेठ १२, २०८१

काठमाडौँ :सनराइजर्स हैदराबाद इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाईनलमा प्रवेश गरेको छ । शुक्रवार राती भएको दोस्रो क्वालिफायर खेलमा राजस्थान रोयल्सलाई ३६ रनले हराउँदै हैदराबादले उपाधिकालागि कोलकाता नाईट राईडर्ससंग भेट पक्का गरेको हो ।

जितकालागि हैदरावादले दिएको १७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १३९ रन मात्र बनाउन सक्यो । उसकालागि ध्रुव जुरेलले अविजित ५६ रन जोडेपनि जित दिलाउन सकेनन् । यशस्वी जैसवालले ४२ रन जाेडे पनि अन्य खेलाडीले सम्झन लायकको प्रदर्शन गर्न सकेनन् ।

त्यसअघि टस हारेर  पहिले ब्याटिङमा तानिएको हैदराबादले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७५ रन बनाएको थियो । हैदराबादकालागि हेनरिक क्लासेनले अर्धसतकिय पारी खेल्दै ५० रन जोडे । राहुल त्रिपाठीले ३७ तथा ट्राभिस हेडले ३४ रन जोडे । हैदराबाद र कोलकाताबीचको फाईनल खेल आईतवार हुनेछ । 
 

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  ००:०६
प्रतिक्रिया दिनुहोस्