ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पहिलो अभ्यास खेलमा नेपाल विजयी

शनिबार, जेठ १२, २०८१

काठमाडौँ : ह्युस्टन हरिकेन्ससँगको पहिलो अभ्यास खेलमा नेपाल विजयी भएको छ । शुक्रवार राती अमेरिकाको ह्युस्टनमा भएको खेलमा नेपालले हरिकेन्सलाई ६ रनले पराजित गरेको हो ।

जितकालागि नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हरिकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो । उसकालागि  लाहिरु मिलन्थाले सर्बाधिक ३३  रनको योगदान गरे । अली शेखले २३ तथा स्मित पटेलले १९ रन जोडे ।  हरिकेन्सलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ सोमपाल कामी र करण केसीले २/२ विकेट लिए । रोहित पौडेल,अविनास बोहरा,सागर ढकाल र कुशल भुर्तेलले एक/एक विकेट हात पारे ।

त्यसअघि प्रेरी भ्यू क्रिकेट कम्प्लेक्स, ह्युस्टन, टेक्सासमा पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४६ रन बनाएको थियो । नेपालको जितमा अनिल कुमार शाहले बिस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ४७ रनको योगदान गरे । कप्तान रोहित पौडेलले २३ ,सुन्दीप जोराले २१ तथा गुल्शन झाले २० रन जोडे । कुशल मल्लले १२ रन बनाउँदा आशिफ शेखले ४ तथा कुशल भुर्तेलले १ रन जोडे । त्यहाँ रहँदा नेपालले दुई ओटा अभ्यास खेल खेल्नेछ ।

हुस्टन हरिकेन्ससँगको खेलपछि नेपाली टोलीले दुईवटा वार्मअर्प खेल खेल्नेछ । विश्वकप अघि नेपाली टोलीले मे २७ मा क्यानाडा र मे ३० मा आयोजक अमेरिकासँग ड्यालासमा खेल्ने छ । टी–२० विश्वकप नजिकिँदै जाँदा नेपाली टोली अभ्यास खेलमा निकै व्यस्त बनेका छन् ।

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  ०६:११
प्रतिक्रिया दिनुहोस्