ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पाकिस्तान र इङ्ल्यान्डबीचको दोस्रो टी–२० आज 

शनिबार, जेठ १२, २०८१

काठमाडौँ : पाकिस्तान र  इङ्ल्यान्डबीचको दोस्रो टी–२० आई क्रिकेट शनिवार हुँदैछ । यी दुई टोलीबीचको खेल ईङल्याण्डको एजब्यास्टन स्थित बर्मिंघम क्रिकेट रंगशालामा नेपाली समयअनुसार बेलुकी सवा ७ :१५ बजे बजे सुरु हुनेछ ।

टी–२० विश्वकपको तयारी स्वरुप पाकिस्तान इंग्ल्याण्ड भ्रमणमा रहेको छ । दुबै टोली शनिवार पहिलो जितको खोजिमा हुनेछ । पहिलो खेल बर्षाका कारण टस समेत हुन नसकेपछि रद्ध गरिएको थियो ।

 पाकिस्तानले तेस्रो खेल आगामी मंगलबार खेल्ने छ ।  चौथो तथा अन्तिम खेल आगामी  बिहिवार हुनेछ ।

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्