ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एफए कपको उपाधि युनाइटेडले जित्यो 

शनिबार, जेठ १२, २०८१

काठमाडौँ : एफए कपको उपाधि म्यानचेस्टर युनाइटेडले उचालेको छ । वेम्बली स्टेडियममा शनिबार भएको फाइनलमा प्रिमियर लिगको विजेता म्यानचेस्टर सिटीलाई २–१ गोलले हराउँदै  युनाइटेडले उपाधि उचालेको हो ।

युनाइटेडको जितमा अलेजान्ड्रो गार्नाचो र कोबी माइनूले एक/एक गोल गरे । सीटीकालागि जेरेमी डोकुले एक गोल फर्काएपनि जितकालागि पर्याप्त हुन सकेन ।

पहिलो हाफमै दुई शुन्यको अग्रता बनाउँदै युनाइटेडले उपाधिको बलियो दाबेदारी प्रस्तुत गरेको थियो । जितसंगै युनाईटेडले गत बर्ष भोगेको पराजयको बदला समेत लिएको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  २२:२७
प्रतिक्रिया दिनुहोस्