ADD FOR WEBSIDE ADD FOR WEBSIDE

हरिकेन्ससँगको दोस्रो खेलमा पनि नेपाल विजयी

आइतबार, जेठ १३, २०८१

काठमाडौँ : ह्युस्टन हरिकेन्ससँगको दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । आईतवार विहान भएको खेलमा नेपालले हरिकेन्सले २७ रनले पराजित गरेको हो । जितका लागि नेपालले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको हरिकेन्सले १८.३ ओभरमा सवै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो ।

उसकालागि जिआ सेहजातले सर्वाधिक ३५ रन जोडे । हरिकेन्सलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ करण केस्लिे सर्वाधिक ३ विकेट लिए । सोमपाल कामीले २ तथा रोहित पौडेल,सागर ढकार र अविनाश बोहराले १/१ विकेट लिए ।

त्यसअघि प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३७ तथा कुशल भुर्तेलले २३ रन जोडे पनि अन्य ब्याटरहरु खासै चल्न सकेका थिएनन् ।

गुलशन झा १४, कुशल मल्ल ६ ,अनिल कुमार साहले ४ तथा आसिफ शेखले १ रन जोडे ।सन्दीप जोरा र सोमपाल कामी समान १२ रनमा अविजित रहे । शुक्रबार भएको पहिलो खेलमा नेपालले ह्युस्टनलाई  ६ रनले पराजित गरेको थियो ।
 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ०६:२३
प्रतिक्रिया दिनुहोस्