ADD FOR WEBSIDE ADD FOR WEBSIDE

हार्दिक पाण्ड्याको बिचल्ली ! न श्रीमती न सम्पति ?

आइतबार, जेठ १३, २०८१

काठमाडौँ : ३० बर्षिय भारतीय क्रिकेटर हार्दिक पाण्ड्याको ओरालो यात्रा सुरु भएको छ । मुम्बई ईण्डियनमा आवद्ध भएपछि उनको करियरमा समेत प्रश्न उठ्न थालेको छ । एकातिर यस सिजनमा उनले कप्तानी सम्हालेको टोलीले निराशजनक प्रदर्शन गर्दा अर्को तर्फ श्रीमतीसंगको सम्बन्धमा पनि दरार आएको छ । पाण्ड्या र उनको श्रीमतीबीच अहिले सम्बन्ध बिच्छेदसम्मको हल्ला चल्न थालेको छ । के हो वास्तविता साँच्किै उनको सम्बन्ध बिच्छेद नै हुन लागेको ? आज हामी यसैको सेरोफरोमा केन्द्रित हुने छौँ । भारतीय सञ्चारमाध्यमहरुले उनको श्रीमतीले ७० प्रतिशत सम्पति लिएर सम्बन्ध बिच्छेद गर्न लागेको समाचारहरु समेत सम्प्रेषण गरिरहेका छन् ।

444215343_7679862035398854_2033267215707417813_n-1716690266.jpg

                                               छोरा अगत्स्यका साथ पाण्ड्या र नताशा 

सबैभन्दा पहिले पाण्ड्या र उनकी श्रमितीका बारेमा जानौँ :

पाण्ड्या भारतीय राष्ट्रिय टोलीका उपकप्तान समेत हुन् । सन् १९९३ अक्टोवर ११ मा भारतको चोर्यासीमा जन्मिएका उनी एक सफल क्रिकेटर  हुन् । पाण्ड्याले आफुभन्दा एक बर्ष जेठी सर्बियन नागरिक मोडल तथा डान्सर नताशा स्टान्कोभिकसंग कोरोना काल सन् २०२० मा बिबाह गरेका थिए ।

बिबाह अघिनै गर्वभती रहेकी नतशाले बिबाहको चार महिना पछि एक सन्तान (छोरा) जन्माईन् । कोरोनाकालमा जमघट हुने माहोल नबनेपछि उनीहरुले तीन बर्षपछि सन् २०२३ मा प्रणय दिवश पारेर पारिवारिक र केहि नजिकका आफन्तहरुलाई बोलाएर धुमधामका साथ बिबाह गरे ।

केहि समय ठिकठाक चलिरहेको उनीहरुको सम्बन्धमा बिस्तारै दरार आउन थाल्यो । नताशाले एका–एक सामाजिक सञ्जाल ईन्सटाग्रामबाट पाण्ड्या थर मेटाईन् । त्यतिमात्रै हैन उनले पाण्ड्यासंगको सम्पूर्ण तस्वीर पनि डिलिट गरिन् । त्यसपछि भने उनीहरुको सम्बन्धमा दरार आएको पुष्टि भयो । उनले आफ्नो छोरा अगत्स्यसंगको तस्वीर भने राखेकी छन् । यता पाण्ड्यालेपनि मार्च चारमा नतशाको जन्मदिनमा श्रीमतीका लागि कुनै पनि पोष्ट गरेनन् ।


आईएिलको सिजन भर देखिनन् नताशा 

गुजरातको कप्तान रहँदा हरेक म्याचमा हौसला दिन पाण्ड्याका श्रीमती नताशा मैदान पुग्ने गरेकी थिईन् । मुम्बई ईण्डियनमा आवद्ध भएयता नतशा पुरै सिजन भर कतै पनि देखिनन् । यसबाट पनि थप पुष्टि हुनकी उनीहरुको सम्बन्ध निकै बिग्रिसकेको छ । सम्बन्ध बिच्छेदको खबर चलिरहँदा नताशाले ७० प्रतिशत अंश दाबी गर्ने छिन् । यस्तो अवस्थामा पाण्ड्यालाई अर्को झड्का लाग्ने निश्चित छ ।

कति छ पाण्ड्याको सम्पति ?

पछिल्लो रिपोर्ट अनुसार पाण्ड्याको सम्पति ९१ करोड छ । राष्ट्रिय टोलीबाट आउने तलब भत्ता बाहेक बिभिन्न क्लबहरुमा आवद्ध भएका उनको कमाई पनि राम्रै छ । यसबाहेक उनी बिज्ञापनहरुमा पनि खेल्ने गरेका छन् । जति सम्पति भएपनि उनले श्रीमती छाड्नुपर्ने निश्चत छ झन त्यसमा आफुले बगाएको पसिनाको ७० प्रतिशत हिस्सा दिनुपर्ने भएपछि उनको मन थिरमा छैन । ९१ करोडका मालिक पाण्ड्याले कानुनी रुपमा हिस्सा श्रीमतिलाई दिनु परेमा उनले झण्डै ६३ करोड माया मार्नुपर्नेछ । 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ०८:११
प्रतिक्रिया दिनुहोस्