ADD FOR WEBSIDE ADD FOR WEBSIDE

‘सी’ डिभिजन :झम्सिखेल विजयी, गोलबजार र पुल्चोकको बराबरी

आइतबार, जेठ १३, २०८१

काठमाडौँ :शहिद स्मारक ‘सी’ डिभिजन लिग फुटवलमा झम्सिखेल युथ क्लबले रानीबन स्पोर्टस् क्लबलाई पराजित गरेको छ । एन्फा कप्लेक्स सातदोबाटोमा आईतवार भएको पहिलो खेलमा झम्सिखेलले रानीबन स्पोर्टस् क्लबलाई  २–१ को गोलले पराजित गरेको हो । १–० ले पछि परेको झम्सिखेलले नतिजा उल्टाउँदै जित सुनिश्चित गरेको हो ।

झम्सिखेलको जितमा आकाश बहादुर राना र अस्मित थापा मगरले एक÷एक गोल गरे । रानीबनका लागि खेलको तेस्रो मिनेटमै श्याम बयादीले गोल गरेपनि जित दिलाउन सकेनन् । आईतवार नै भएको अर्को खेलमा गोल बजार र पुल्चोकक्लबले भने १÷१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

अग्रतालाई जोगाउन नसक्दा गोलबजार अंक बाँड्न बाध्य बनेको हो । गोलबजारका लागि ओमप्रकाश सिंहले गोल गर्दै अग्रता दिलएपनि पुल्चोकका सागर थिङले बराबरी गोल फर्काएका थिए । बराबरीसंगै १० खेलमा २० अंक जोडेको पुल्चोक दोस्रो स्थानमा उक्लिएको छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  २०:५६
प्रतिक्रिया दिनुहोस्