ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपालसामु क्यानाडाले दियो १८४ रनको चुनौति 

सोमबार, जेठ १४, २०८१

काठमाडौँ :आईसीसी टी–२० विश्वकप अन्तर्गत क्यानाडा बिरुद्धको वार्मअफ म्याचमा नेपालले जितका लागि रनको चुनौति पाएको छ । अमेरिकाको डलासमा टस जितेको नेपालले  फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ थालेको क्यानाडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८३ रन बनायो ।

उसकालागि निकोलस किर्टनले अर्धसतकिय पारी खेल्दै सर्वाधिक ५२ रनको योगदान गरे । रविन्द्रपाल सिंहले ४१ ,नवनीत धालिवालले ३२ ,पारगत सिंहले १३ तथा आरोन जनसनले १० रन जोडे ।

बलिङतर्फ अबिनाश बोहराले सर्वाधिक २ विकेट लिए । करण केसी,ललित राजवंशी,सागर ढकाल ,सोमपाल कामी र गुल्शन झाले १/१ विकेट लिए । 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  २३:०४
प्रतिक्रिया दिनुहोस्