ADD FOR WEBSIDE ADD FOR WEBSIDE

क्यानाडासँग नेपाल ६३ रनले पराजित

मंगलबार, जेठ १५, २०८१

काठमाडौँ :आईसीसी टी–२० विश्वकप अन्तर्गत क्यानाडा बिरुद्धको वार्मअफ म्याचमा नेपाल पराजित भएको छ । सोमवार राती भएको पहिलो अभ्यास खेलमा नेपाल क्यानाडासँग ६३ रनले पराजित भएको हो । जितका लागि क्यानाडाले दिएको १८४ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १२० रन मात्र बनाउन सक्यो ।

नेपालकालागि कुशल मल्ले सर्वाधिक ३७ रनको योगदान गरे । अनिल शाहले २४ ,आशिफ शेखले २२ तथा कुशल भुर्तेलले १० रन जोडे । गुल्शन झा र अविनाश बोहरा शुन्य रनमा आउट भए ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा डिलोन हेलिगर सर्वाधिक ४ विकेट लिए ।

त्यसअघि अमेरिकाको डलासमा टस जितेको नेपालले  फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ थालेको क्यानाडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८३ रन बनाएको थियो ।

उसकालागि निकोलस किर्टनले अर्धसतकिय पारी खेल्दै सर्वाधिक ५२ रनको योगदान गरे । रविन्द्रपाल सिंहले ४१ ,नवनीत धालिवालले ३२ ,पारगत सिंहले १३ तथा आरोन जनसनले १० रन जोडे ।

बलिङतर्फ अबिनाश बोहराले सर्वाधिक २ विकेट लिए । करण केसी,ललित राजवंशी,सागर ढकाल ,सोमपाल कामी र गुल्शन झाले १/१ विकेट लिए ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ०५:५५
प्रतिक्रिया दिनुहोस्