ADD FOR WEBSIDE ADD FOR WEBSIDE

खेलकुद मन्त्रालयको बजेट ३ अर्ब ५० करोड

ओलम्पिक र एसियाली खेलकुदका लागि राष्ट्रिय टिम बनाईने
मंगलबार, जेठ १५, २०८१


काठमाडौँ: सरकारले ओलम्पिक र एसियाली खेलकुद प्रतियोगितामा सहभागीताका लागि राष्ट्रिय टिम तयार गर्ने भएको छ ।


मंगलबार संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷०८२ बजेट भाषण गर्दै राष्ट्रिय टोली बनाउने घोषणा गरेका हुन् ।


युवा तथा खेलकुद मन्त्रालयलाई ३ अर्ब ५० करोड बिनियोजन गरेका अर्थमन्त्री पुनले राष्ट्रिय तथा अन्तराष्ट्रियमा स्तर उत्कृष्ट नतिजा ल्याउने खेलाडीलाई प्रोत्साहन गरिने बताए । 


उनले आगामी आर्थिक वर्षमा राष्ट्रिय स्तरका ८० खेलका आयोजना गरिनेसमेत घोषणा गरेका छन् । त्यसअन्तर्गत नेपालका मौलिक खेलहरुदबाघचाल, डन्डीबियो, घोडचढी लगायतलाई प्राथमिकता दिइने उनले बताए ।
अर्थ मन्त्रालयले खेल पुर्वाधार तर्फ १ अर्ब ३० करोड रुपैंया विनियोजन गरेको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:३६
प्रतिक्रिया दिनुहोस्