ADD FOR WEBSIDE ADD FOR WEBSIDE

१० औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई ६० करोड बजेट

मुलपानी र गिरिजाप्रसाद कोइराला रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गरिने
मंगलबार, जेठ १५, २०८१

काठमाडौँ: १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सरकारले आधा अर्ब भन्दा बढी बजेट विनियोजन भएको छ । 

आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट भाषण गर्दै अर्थमन्त्री पुनले सुर्खेतमा आयोजना गरिने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता ६० करोड रुपैंया बजेट विनियोजन गरेको घोषणा गरेका हुन् । 


संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री पुनले आधुनिक प्रविधिसँग जोडिएको ई-स्पोर्टसको अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना गरिनेसमेत घोषणा गरेका छन् ।
काठमाडौँस्थित मुलपानी क्रिकेट रंगशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गरिने उनले बताएका छन् ।

भरतपुरस्थित गौतमबुद्ध रंगशाला तीनै तहको सरकारको सहकार्यमा निर्माण सम्पन्न गर्ने बताउँदै अर्थमन्त्री पुनले किर्तीपुर क्रिकेट रंगशालाको स्तरोन्नति र निर्माणाधीन फाप्ला  रंगशाला निर्माणलाई तीब्रता दिइने घोषणा गरे ।

यसका लागि उनले खेल पुर्वाधार तर्फ १ अर्ब ३० करोड रुपैंया बजेट विनियोजन गरेका छन् । शिक्षकलाई खेलकुदको तालिम दिई बिद्यालयमा खेलकुद प्रर्वद्धन गरिनेछ भने बालबालिकाको उमेरगत खेलकुद प्रतियोगिता सञ्चालन गर्ने र क्षमतावान खेलाडीलाई छात्रवृद्धिको ब्यबस्था गरिने बजेटमार्फत् घोषणा भएको छ ।  

आगामी आ.व. कम्तीमा एक लाख युवालाई रोजगारी कार्याक्रमका लागि ३ अर्ब विनियोजन गरिएको बताए । खेल पुर्वाधार तर्फ १ अर्ब ३० करोड रुपैंया बजेट विनियोजन गरेको बताउँदै उनले खेल क्षेत्रमा महिला सहभागीता बढाईनेसमेत बताएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १७:००
प्रतिक्रिया दिनुहोस्