ADD FOR WEBSIDE ADD FOR WEBSIDE

साबिक बिजेता चेन्नेई हैदराबादसंग ६ विकेटले पराजित

शुक्रबार, चैत २३, २०८०

काठमाण्डौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साबिक बिजेता चेन्नेई सुपर किङ्गस पराजित भएको छ । शुक्रबार भएको खेलमा चेन्नेई सनराइजर्स हैदराबादसंग ६ विकेटले पराजित भएको हो ।

जितका लागि चेन्नेईले दिएको १६६ रनको लक्ष्य हैदराबादले १८ दशमलब १ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । हैदराबादका लागि एडेन मार्करामले सर्बाधिक ५० रनको योगदान गरे ।

अभिषेक शर्माले ३१ तथा ट्राभिस हेडले ३१ रन जोडे । त्यसअघि  राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६५ रन बनाएको थियो । चेन्नईका लागि शिवम दुबेले सर्वाधिक ४५,अजिंक्य रहाणेले ३५ तथा कप्तान ऋतुराज गायकवाडले २६ रन जोडे । जितसंगै साँतौ स्थानमा रहेको् हैदराबाद ४ अंक जोड्दै पाँचौ स्थानमा उग्लिएको छ । हारका बाबजुद चेन्नेई तेस्रो स्थानमा यथावत छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  २३:०९
प्रतिक्रिया दिनुहोस्