ADD FOR WEBSIDE ADD FOR WEBSIDE

मैत्रीपूर्ण फुटबलमा वित्तीय संस्थाका कर्मचारी विजयी 

मंगलबार, जेठ १५, २०८१

मेलम्ची : गणतन्त्र दिवस २०८१ को अवसरमा चौतारामा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा वित्तीय संस्थाका कर्मचारी विजयी भएका छन् । कर्मचारी मिलन केन्द्र सिन्धुपाल्चोकद्वारा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिताको फाइनलमा स्थानीयतहका कर्मचारीलाई २–० गोल अन्तरले हराउँदै वित्तीय कर्मचारीको टोली विजयी भएको हो । 


चौताराको टुँडिखेलमा मंगलवार भएको फाइनलमा स्थानीयतहका कर्मचारीले कुनै पनि गोल गर्न सकेनन् । विजयी खेलाडीहरुलाई निमित्त प्रमुख जिल्ला अधिकारी जीतबहादुर भण्डारीले शिल्ड र मेडल प्रदान गरे ।

पुरस्कार वितरण कार्यक्रम आयोजक संस्था कर्मचारी मिलन केन्द्रका अध्यक्ष विश्वनाथ काफ्लेको अध्यक्षतामा भएको थियो । प्रतियोगितामा ५ टोलीले सहभागी जनाएका थिए ।  
 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  २१:१४
प्रतिक्रिया दिनुहोस्