ADD FOR WEBSIDE ADD FOR WEBSIDE

राष्ट्रिय महिला टोलीका ३० खेलाडी बन्द प्रशिक्षणमा 

बुधबार, जेठ १६, २०८१

काठमाडौँ :अखिल नेपाल फुटवलसंघ  एन्फाले राष्ट्रिय महिला टोलीका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाएको छ  । बन्द प्रशिक्षणका लागि ३० खेलाडीहरुलाई राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बोलाएका हुन् ।

बन्द प्रशिक्षण आगामी जेठ २० गतेबाट  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुने एन्फाले जनाएको छ । बन्द प्रशिक्षणमा अन्जिला तुम्बापो सुब्बासंगै  अन्य चार जना गोलकिपरलाई पनि समावेश गरिएको छ  । 


गोलकिपरः अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, सुशीला कुमारी चौधरी ।डिफेन्डरः अमृता जैसी, गीता राणा, हिरा कुमारी भुजेल, विमला विक, निशा थोकर, समीक्षा घिमिरे, पूजा राना, सबिना चौधरी, गंगा गुरुङ ।

मिडफिल्डरः अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रीति राई, दीपा शाही, विमला चौधरी, चन्द्र भण्डारी, सरस्वती हमाल, रेणुका नगरकोटे, सरु लिम्बु, मनमाया दमाई, तुलसा बोहरा ।
फरवार्डः सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, सविता राना मगर, ममता पुन ।
 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्