ADD FOR WEBSIDE ADD FOR WEBSIDE

कालापत्थरमा अन्तर्राष्ट्रिय रेस्लिङ

बुधबार, जेठ १६, २०८१

काठमाडौं :विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमान कायम गर्न ‘एभरेष्ट डे’ अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ।

मे २९ मा नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा ५ हजार ६ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङको मैत्रीपूर्ण खेल सम्पन्न भएको हो। सोलुखुम्बुको खुम्बु पालिकास्थित कालापत्थरमा पहिलो पटक अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता सम्पन्न गरिएको हो।

नेपालकी पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) र  अमेरिकी   रेस्लर  डानियल मोरिसन (डानी मो)बीच सम्पन्न मैत्रीपूर्ण स्पर्धामा खड्का विजयी भइन्।

रेस्लिङ खेलमार्फत विश्व कीर्तिमान कायम गर्ने सपना देख्दै आएकी खड्काले विश्वमा हालसम्म यति ठूलो उचाइमा रेस्लिङ नखेलिएकाले यो विश्व रेकर्ड हुने दाबी गरिन्।

हास्य प्रस्तुतिसहित हास्य कलाकार शिवशंकर रिजाल (जोगिन्दार पानवाला)ले प्रतियोगिता सञ्चालन गरेका थिए।

मैत्रीपूर्ण खेलमा नेपाली रेस्लर अस्मिता जुरेलीले रेफ्रीको भूमिका वहन गरेकी थिइन। कार्यक्रममा अल एराउड ट्रेक्सका एमडी सोनम शेर्पाले सहजीकरण गरेका थिए।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्