ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपालले आज अमेरिकासंग खेल्दै

बिहीबार, जेठ १७, २०८१

काठमाडौँ :आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपालले आफ्नो दोस्रो तथा अन्तिम वार्मअप म्याचमा बिहीवार अमेरिकासंग खेल्दैछ । अमेरिकाको डालासमा हुने खेल नेपाली समयअनुसार राती ९ः१५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा क्यानाडासंग ६३ रनले पराजित भएको नेपाली टोली आयोजक अमेरिकालाई हराउँदै क्यानडाविरुद्ध भोगेको हारको बदला लिने दाउमा हुनेछ ।

वार्मअप अघि बंगालादेशलाई हराएको अमेरिका उच्च मनोवलमा रहेकाले घरेलु मैदानमा नेपाललाई हराउन चाहान्छ । नेपालले विश्वकपको पअिलो खेल यहि मैदानमा जुन ४ मा नेदरल्याण्डसंग खेल्ने छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ०५:००
प्रतिक्रिया दिनुहोस्