ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप :

नेपालीले विश्वकप क्रिकेट भारतीय च्यानलबाट हेर्नुपर्ने 

नेपाली च्यानलबाट हुनेछैन प्रसारण
बिहीबार, जेठ १७, २०८१

काठमाडौँ :आगामी जुन २ आईतवारबाट अमेरिका र वेष्टईण्डिजमा संयुक्त रुपमा हुने आईसीसी टी–२० विश्वकप क्रिकेट नेपालीले भारतीय च्यानलबाट हेर्नुपर्ने भएको छ । विश्वकपको नवौं संस्करणको प्रत्यक्ष प्रसारण नेपाली च्यानलबाट नहुने भएपछि अन्ततः नेपाली दर्शकले भारतीय च्यानलकै भर पर्नु पर्ने भएको हो । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्बजनिक गरेको प्रत्यक्ष प्रसारणको अनुमति पाउने देशरुको सुचीमा नेपालको नाम उल्लेख  छैन । आईसीसीले पहिलो नम्बरमा भारतलाई प्राथमिकतामा राखेको छ । कुन देशका नागरिकले कुन च्यानलबाट विश्वकप हेर्न सकिन्छ त ? आउनुहोस् जानीराँखौ ।
१. भारत :
भारतीय दर्शकहरुले स्टार स्पोर्टस् नेटवर्क र डिज्नी प्लस हट स्टार मार्फत बिश्वकपको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् । भारतले हिन्दीसंगै तामिल र तेलुगु भाषमा समेत प्रसारण विश्वकप देखाउनेछ । कान नसुन्नेहरुकालागि समेत लक्षित गर्दै भारतले साङ्केतिक भाषामा पनि बिश्वकपको कमेन्ट्री गर्ने जनाएको छ । मोवाईलमा डिज्नी प्लस हट स्टार एपबाट पनि हेर्न सकिन्छ । 
२ .पाकिस्तान :
पाकिस्तानका समर्थकहरुले पनि यस वर्षको विश्वकप पिटिभी र टेन स्पोर्टस च्यानलबाट हेर्न सकिने जनाएको छ । विश्वकपको उपाधि दाबेदार मानिएको पाकिस्तानको खेल माइको र तमाशा एप्स मार्फत पनि डिजिटल रुपमा हेर्न सकिने छ ।
३. अमेरिका र क्यानडा 
आयोजक समेत रहेको अमेरिकी दर्शकले वेल्लो टिभिबाट विश्वकप हेर्न सकिनेछ । छिमिेकी देश क्यानाडाले पनि यहि प्लाटफर्मबाट हेर्न सकिनेछ । 
४ .वेष्टइण्डिज 
आयोजक समेत रहेको घरेलुटोलीले तेस्रो पटक उपाधि जित्ने योजना बुनेको छ । वेष्टइण्डिजका दर्शकहरुकालागि पनि घरेलु भुमिबार्ट विश्वकप हेर्न पाउने सुविधा उपलब्ध गराईएको छ । क्यारिबियन एप मार्फत लाइभ स्ट्रिमिङ उपलब्ध हुनेछ । 
५ .इङ्गल्याण्ड
इङ्गल्याण्डका दर्शकहरुले स्काई स्पोर्ट्सबाट प्रतियोगिताको मजा लिन सक्नेछन् । स्काई स्पोर्ट्स क्रिकेट, स्काई स्पोर्ट्स मेन इभेन्ट, स्काई स्पोर्ट्स एक्शन र डिजिटल रूपमा स्काईगो, नाउ र स्काई स्पोर्ट्स एप मार्फत लाइभ उपलब्ध हुने छ । 
६.अस्ट्रेलिया र न्युजिल्याण्ड
अष्ट्रेलिया र न्युजिल्याण्डका दर्शकले प्राइम भिडियोमा विश्वकमा ५५ वटै खेल हेर्न सक्नेछन् । स्काई स्पोर्ट एनजेटले प्रत्यक्ष प्रसारण गर्ने छ । 
७.श्रीलंका
श्रीलंकामा महाराजा टिभी ,सिरासा, र शक्ति टिभी मार्फत विश्वकप हेर्न सकिनेछ । श्रीलंकामा पहिलो पटक महाराजा टिभी मार्फत सिंहली भाषाको कमेन्टरीमार्फत विश्वकप हेर्न सकिनेछ । 
८.युएई 
युएईमा स्टारर्ज प्ले,क्रिकलाईफर क्रिकलाईफ म्याक्स टु बाट हेर्न सकिने छ ।

९.अफ्रिकी मुलुक
दक्षिण अफ्रिका, युगान्डा र नामिबियाका प्रशंसकहरूले सुपरस्पोर्ट र यसको एपमा दक्षिण अफ्रिका र  अन्य  अफ्रिकी क्षेत्रहरूमा उपलब्ध सबै कार्यहरू प्रत्यक्ष हेर्न सक्नेछन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ०७:१५
प्रतिक्रिया दिनुहोस्