ADD FOR WEBSIDE ADD FOR WEBSIDE

सन्दीप लामिछानेले भिषा पाएनन् ,विश्वकप खेल्न नपाउने

बिहीबार, जेठ १७, २०८१

काठमाडौँ :क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दोस्रो पटक पनि भिषा दिन अस्वीकार गरेको छ । पहिलो पटक अन्तरवार्तामा बोलाएर पनि भिषा नदिएको अमेरिकी दुतावासले बिहिवार पुन अन्तरवार्तामा बोलाएपनि उनलाई दोस्रो पटक पनि भिषा दिन इन्कार गरेको हो ।

अमेरिकाले भिषा नदिएसंगै अब सन्दीपले विश्वकप खेल्न पाउने छैनन् । बलात्कार मुद्धामा उच्च अदालत पाटनबाट सफाई पाएलगत्तै नेपाल क्रिकेट संघ क्यानले उनीमाथि लागेका सवै निलम्वन फुकुवा गरेको थियो ।

निलम्बन फुवुवा लगत्तै क्यानले विश्वकप खेल्न अमेरिका पठाउने पहल थालेपनि नेपाल स्थित अमेरिकी दुतावासले उनलाई अन्तरवार्तामा बोलाएर पनि भिषा दिन अस्वीकार गरेको थियो । भिषा अस्वीकृत भएपछि लामिछानेले सामाजिक सञ्जालमार्फत विश्व खेल्न नपाएको जानकारी गराएका थिए । लामो समयसम्म उनको भिषाका बारेमा ठोस प्रगति नभएपछि उनका समर्थकहरु सरकार र क्यान विरुद्ध खनिएका थिए ।

राप्रपाका सांसद ज्ञानेन्द्र शाही र सामाजिक अभियन्ता निकोलस भुषालसहितको अगुवाईमा काठमाडौँ प्रदर्शन समेत भएको थियो ।

दोस्रो पटक भिषा नपाएसंगै सन्दिपका समर्थकहरु निराश बनेका छन् । 

 

के भन्छ अमेरिकी दुतावास :

संयुक्त राज्य अमेरिकामा आयोजना हुने टि-ट्वेन्टि विश्वकपमा नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोली, द राइनोज, को सहभागिताबारे अमेरिकी दूतावास अत्यन्तै उत्साहित छ र वास्तवमा प्रस्थानपूर्व उक्त टोलीको सराहना र प्रोत्साहन गर्न यस दूतावासका केही अधिकारीले केही हप्ताअघि सो टोलीसँग भेट पनि गरेका थिए । आउँदै गरेका खेलहरूका निम्ति सम्पूर्ण टिमलाई हाम्रो शुभकामना छ ।

उपयुक्त भिसा वर्गका लागि योग्य हुने राष्ट्रिय क्रिकेट टोलीहरूका सदस्य विश्वकपमा प्रतिस्पर्धा गर्न समयमै अमेरिकाको यात्रा गर्न सक्षम होउन् भन्ने सुनिश्चित गर्न काठमाडौँस्थित अमेरिकी दूतावास र विश्वभरका अन्य अमेरिकी कन्सुलर पोस्टहरूले एकजुट भई काम गरेका छन् । अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकोले हामी भिसाको कुनै केस विशेषबारे टिप्पणी गर्न सक्दैनौँ ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्