ADD FOR WEBSIDE ADD FOR WEBSIDE

आत्मघाती गोलले ‘सी’ डिभिजनमा आरसी –३२ बराबरीमा

बिहीबार, जेठ १७, २०८१

काठमाडौ :सञ्जय सुब्बाले आत्मघाती गोल गरेपछि शहिद स्मारक ‘सी’ डिभिजन लिग फुटवलमा आरसी –३२ ले पुल्चोकसंग बराबरीमा चित्त बुझाएको छ । एन्फा कम्प्लेक्स सातदोवाटोमा बिहिवार भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका हुन् ।

पहिलो हाफमै पुल्चोक स्पोर्टस् क्लवमाथि २–० को अग्रता बनाएको आरसी–३२ ले खेलको अन्त्यतिर सम्हालिन नसक्दा जित गुमाउन पुग्यो । उसकालागि खेलको ३१ औँ मिनेटमा किस्मत लिम्बु र ४२ औँँ आशिष लावतीले गोल गरेका थिए ।

पुल्चोकका लागि ४८ औँ मिनेटमा सेरब ल्हो तामाङले गोल गर्दै खेलमा फर्कने प्रयास गरेका थिए । खेलको  ६७ औँ मिनेटमा आरसी –३२ का सञ्जय सुब्बाले बल क्लियर गर्ने क्रममा आत्माघाती गोल गर्न पुगेका थिए ।

आत्मघाती गोल उपहार पाएसंगै पुल्चोकलले बराबरी गर्दै आरसी –३२ लाई शिर्ष स्थानमा पुग्न रोकेको  छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १८:०१
प्रतिक्रिया दिनुहोस्