ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपाल बंगबन्धु कप अन्तराष्ट्रिय कबड्डीको सेमिफाइनलमा

बिहीबार, जेठ १७, २०८१

काठमाडौँ :चौथो बंगबन्धु कप अन्तराष्ट्रिय कबड्डी प्रतियोगितामा लगातार चौथो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । बंगलादेशमा जारी प्रतियोगितामा बिहिवार इन्डोनेसियालाई हराउँदै नेपाल विजयी भएको हो ।

बिहिवार नेपाली टोली २८ अंकले विजयी भएको अखिल नेपाल कबड्डी संघले जानकारी दिएको छ । बिहिवारको खेलमा नेपाली टोलीका कप्तान घनश्याम रोका मगर म्यान अफ द म्याच घोषित भए । यसअघि नेपालले साउथ कोरियालाई २२ अंकले हराएको थियो भने प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा पोल्याण्डमाथि ५२ अंकका साथ सानदार जित निकालेको थियो ।

पहिलो खेलमा मलेसियालाई ३७ अंकले हराउँदै नेपालले विजयी शुरुवात गरेको थियो । लगातार चारै खेलमा म्यानअफ द म्याच घोषित भएका कप्तान मगरले प्रत्येकपटक बंगला टाका १५ हजार प्राप्त गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  २१:५५
प्रतिक्रिया दिनुहोस्