ADD FOR WEBSIDE ADD FOR WEBSIDE

जेठ १९ बाट नेशनल चेस च्याम्पियनसिप 

बिहीबार, जेठ १७, २०८१

काठमाडौँ : काठमाण्डौँमा यहि जेठ १९ गतेदेखि देखि २४ गतेसम्म नेशनल चेस च्याम्पियनसिप हुने भएको छ । काठमाडौको लाजिम्पाटस्थित होटल ले हिमालयमा ६ दिनसम्म चल्ने च्याम्पियनसिप अन्तर्गत २४ औं खुल्ला एवं ९ औं महिला राष्ट्रिय च्याम्पियनसीप सञ्चालन गरिने छ ।राउण्ड रोविन प्रणालीमा सञ्चालन हुने च्याम्पियनसिपको दुवै विधामा १२÷१२ जना खेलाडीले सहभागीता जनाउने छन् । नेशनल बी च्याम्पियनसिपबाट छनौट भएका पुरुष र महिला ९/९ जना तथा २३ औँ राष्ट्रिय प्रतियोगिताका पदक विजेताहरु सहभागीता हुने बताइएको छ ।

राष्ट्रिय प्रतियोगितामा २३ औं नेशनल च्याम्पियनसीपका विजेता रुपेश जैशवाल, उप विजेता क्षितिज भण्डारी र सुरवीर लामा हुन भने आठौं नेशनल च्याम्पियनसीपका विजेता महिला फिडेमास्टर सुजना लोहनी, उप विजेता सुशीला गुरुङ र तृतीय शान्ति धिमालले प्रतिष्पर्धा गर्नेछन् । च्याम्पियनसिपका विजेताले आगामी फिडे जोन ३.२ चेस च्याम्पियनशीप एवं कन्टिनेन्टलमा सहभागीता जनाउनेछन् । त्यसैगरी २०२४ मा हंगेरीको बुढापेस्टमा हुने ४५ औं चेस ओलम्पियाडको लागि पुरुषतर्फबाट तीन जना र महिलाबाट ४ जनाले सहभागिता सुनिश्चित गर्नेछन् । 


प्रत्येक वर्ष आयोजना हुने नेशनल च्याम्पियनसीपमा शिर्ष ३ मा रहने खेलाडीले आगामी वर्ष हुने २५ औं खुला तथा दशौं महिला राष्ट्रिय च्याम्पियनसीपमा सहभागिता सुनिश्चित गर्नेछन् भने अन्य खेलाडीले नेशनल बी मा प्रतिष्पर्धा गर्नुपर्नेछ । 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  २२:०६
प्रतिक्रिया दिनुहोस्