ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पाँचपोखरीमा जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता सुरु 

शुक्रबार, जेठ १८, २०८१

मेलम्ची :पाँचपोखरीमा जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिताको शुक्रवारबाट  सुरु भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित दुइ दिने प्रतियोगितामा जिल्लाका ८ पालिकाका ९ टिम सहभागी रहेको पाँचपोखरी खेलकुद विकास समितिका संयोजक ग्याल्बो साम्देनले जानकारी दिए । 


प्रतियोगितामा पाँचपोखरी थाङपाल गाउँपालिकाका २ टिम, मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका , चौतारा  सागाँचोकगढि नगरपालिका, जुगल गाउँपालिका, बलेफी गाउँपालिका, हेलम्बु गाउँपालिका र सुनकोशी गाउँपालिकाको सहभागीता संयोजक साम्देनले जानकारी दिए ।  प्रतियोगितामा पहिलो, दोश्रो र तेस्रो हुनेले क्रमश: ५० , ३० र २० हजार नगद र शिल्ड प्राप्त गर्ने छन ।उद्घाटन खेलमा पाँचपोखरी -बि र इन्द्रावतीबीच प्रतिस्पर्धा हुँदै छ ।

volleyball-sindhupalchok-1717133803.jpg

थाङपाल भ्याली माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिका ४ मा हुने प्रतियोगिताको उद्घाटन गर्दै पालिका अध्यक्ष टासी लामाले शिक्षण पेशा सम्मानित पेशा रहेको बताउँदै शिक्षकहरु प्रति उच्च सम्मान रहेको बताए । 

लामाले पेशासंगै शिक्षकको अन्य शृजनशिल कार्यक्रममा सहभागीताका लागि पालिकाले प्रतियोगिता आयोजना गरिएको बताए । उनले खेलको माध्यमबाट पाँचपोखरीको पर्यटन प्रबर्द्धन हुने बिश्वास गरेका छन् ।

पाँचपोखरी थाङपाल गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारी, वडा नम्बर ३ का अध्यक्ष ङिमा छिरिङ तामाङ, थाङपाल भ्याली माबिका अध्यक्ष सुन्दर सापकोटा, विभिन्न विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि लगायतको उपस्तिथितिमा प्रतियोगिताको उद्घाटन गरिएको हो ।

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्