ADD FOR WEBSIDE ADD FOR WEBSIDE

प्रधानमन्त्री कप भलिबलका लागि बुढानिलकण्ठको खेलाडी सार्बजनिक

शुक्रबार, जेठ १८, २०८१

काठमाडौँ :नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप एनभिएमा सहभागी हुन बुढानिलकण्ठ भलिबल क्लबले सम्पुर्ण तयारी संगै खेलाडीको नाम सार्वजनिक गरेको छ ।

बिहिवार एक कार्यक्रमको बीच संस्थाका अध्यक्ष सुवर्ण थापाको उपस्थितिमा टिम कप्तान धिरज काजी वस्नेतको नेतृत्वमा खेलाडीहरुको नाम सार्वजनिक गरेको हो ।

नेपाल भलिबल संघको आयोजनामा जेष्ठ १९ देखि २६ गते सम्म संचालन हुने प्रतियोगितामा बुढानिलकण्ठ भलिबल क्लब सहित पुरुष आठ र सात टिम महिला खेलाडीको उपस्थिति रहने छ ।
खेलाडीहरुको नाम :
१) धिरज काजी बस्नेत (टिम क्याप्टेन)
२) सञ्जय बस्नेत
३) समीप श्रेष्ठ
४) मनोज घिमिरे
५) निराजन बिष्ट
६) शंकर मोक्तान
७) बिकाश गिरी
८) सन्जिव गुरुङ
९) सन्तोष श्रेष्ठ
१०) प्रभुराम तामाङ
११) ज्ञान बहादुर गुरुङ
१२) दिलिप राई (लिबेरो)

नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल शनिबारबाट काठमाण्डौँमा सुरु हुुदैँछ । जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ८ टोली र महिलातर्फ ६ टोली सहभागि हुने छन् । प्रतियोगिताको पहिलो दिन  पुरुषतर्फ चार र महिलातर्फ दुई खेल गरी कूल ६ खेल हुनेछन् ।

लिगमा पुरुषतर्फ २८ खेल र महिलातर्फ १५ खेल हुने आयोजकले जनाएको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा हुने उद्घाटन खेलमा शनिवार दिउँसो ३ बजे महिलातर्फ न्यू डायमन्ड स्पोर्ट्स क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । शनिबार हुने पुरुष तर्फको पहिलो खेलमा टिपटप हेल्प नेपाल र बुढानिलकण्ठबीच विहान ९ बजे प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको उद्धघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गर्ने कार्यक्रम छ । 


 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्