ADD FOR WEBSIDE ADD FOR WEBSIDE

मनोहरा र रानीबनको खेल बराबरीमा 

शुक्रबार, जेठ १८, २०८१

काठमाडौँ : शहिद स्मारक ‘सी’ डिभिजन लिग फुटवलमा मनोहरा युनाईटेड क्लब र रानीबन स्पोर्टस् क्लबबीचको खेल बराबरीमा रोकिएको छ । एन्फा कम्प्लेक्स सातदोवाटोमा शुक्रवार भएको खेलमा रानीबन स्पोर्टस् क्लब र मनोहरा युनाईटेडले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

मनोहराका लागि सञ्जय श्रेष्ठले खेलको ३२ औँ मिनेटमा गोल  गरेपनि अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भएको हो । खेलको अतिरिक्त समयको इञ्जुरी समयमा सन्दीप बहादु सिंले पेनाल्टीमा गोल गर्दै रानीबनलाई बराबरीमा पुर्याए ।

बराबरीसंगै मनोहरा चौथो स्थानमा पुग्न असफल भएको छ । यद्धपी बराबरीसंगै मनोहरा १५ अंक सहित छैटौ स्थानमा भने पुगेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्