ADD FOR WEBSIDE ADD FOR WEBSIDE

मेलम्ची र इन्द्रावती जिल्ला स्तरीय शिक्षक भलिबलको सेमिफाइनलमा

शुक्रबार, जेठ १८, २०८१

मेलम्ची :जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगितामा मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रवार भएको पहिलो क्वाटरफाइनलमा बलेफी गाउँपालिकालाई  सोझो सेटमा पराजित गर्दै मेलम्ची नगरपालिका सेमिफाइनल प्रबेश गरेको हो । त्यस्तै दोश्रो क्वाटरफाइनलमा सुनकोशी गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै इन्द्रावती गाउँपालिका पनि सेमिफाइनलमा पुगेको छ ।

शनिवार हुने तेस्रो क्वाटरफाइनलमा हेलम्बु र जुगल तथा चौथोमा  पाँचपोखरी ‘ए’र चौतारा साँगाचोकगढी नगरपालिका भिड्ने छन । पाँचपोखरी थाङपालगाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको प्रतियोगिता बिहिवार गाउँपालिका अध्यक्ष टासी लामाले थाङपाल भ्याली माध्यमिक विद्यालयमा उद्घाटन गरेका हुन । 


प्रतियोगितामा जिल्लाका ८ पालिकाका ९ टिम सहभागी रहेको पाँचपोखरी खेलकुद विकास समितिका संयोजक ग्याल्बो साम्देनले जानकारी दिए । प्रतियोगितामा पाँचपोखरी थाङपाल गाउँपालिकाका २ टोली , मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका, चौतारा  सागाँचोकगढि नगरपालिका, जुगल गाउँपालिका, बलेफी गाउँपालिका, हेलम्बु गाउँपालिका, र सुनकोशी गाउँपालिकाको सहभागीता रहेको छ ।

प्रतियोगितामा पहिलो, दोश्रो र तेस्रो हुनेले क्रमश :५० हजार, ३० हजार र २० हजार नगद र शिल्ड, मेडल प्राप्त गर्ने छन ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्