ADD FOR WEBSIDE ADD FOR WEBSIDE

सानेपाले अग्रता जोगाउन सकेन

शुक्रबार, जेठ १८, २०८१

काठमाडौँ :शहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा अग्रता जोगाउन नसक्दा सानेपा क्लबले रेलिगेशन जोनमा रहेको गोल बजार स्पोर्टस क्लब क्लबसंग बराबरीमा चित्त बुझाएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा सानेपाका लागि ७ औँ मिनेटमा  निरञ्जन जंग शाहीले गोल गर्दै अग्रता दिलाएपनि सानेपाले अग्रता जोगाउन सकेन । खेलको २८ औँ मिनेटमा गोलबजारका लागि सुजन कुमार पुलामीले पेनाल्टीबाट गोल गर्दै खेल बराबरीमा पुर्याए ।

गोलरक्षक कुशल विश्कर्मा रातो कार्ड खाँदै मैदान बाहिरिएपछि गोल बजार १० खेलाडीमा सिमित बनेको थियो । डिबक्स  एरिया भन्दा बाहिर आएर बल रोकेपछि उनलाई रेफ्रीले रातो कार्ड देखाएका थिए ।

बराबरीसंगै अंक तालिकाको पुछारमा रहेको गोलबजारले ७ अंक जोडेको छ । १२ अंक जोडेको सानेपा ९ औँ स्थानमा छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  २१:२०
प्रतिक्रिया दिनुहोस्