ADD FOR WEBSIDE ADD FOR WEBSIDE

च्याम्पियन्स लिगको उपाधि रियल म्याड्रिडलाई

आइतबार, जेठ २०, २०८१

एजेन्सी :युरोपियन च्याम्पियन्स लिगको उपाधि रियल म्याड्रिडले  जितेको छ । लन्डन स्थित वेम्ब्ली स्टेडियममा शनिबार भएको फाइनलमा जर्मन टोली बोरुसिया डर्टमुण्डलाई २–० ले स्तब्ध पार्दै रियलले कीर्तिमानी १५ औं उपाधि उचालेको हो ।

रियललाई उपाधि दिलाउन ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले गोल एक -एक गरे ।

डर्टमुण्ड १९९७ पछि पहिलो पटक च्याम्पियन बन्ने मौकाबाट चुकेको छ । 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ०७:१२
प्रतिक्रिया दिनुहोस्