ADD FOR WEBSIDE ADD FOR WEBSIDE

गुजरातलाई हराउँदै नेपाललाई एसएमएस फ्रेन्डशिप कपको उपाधी 

आइतबार, चैत २५, २०८०

काठमाण्डौँ । नेपाल ए बिरुद्धको एक दिवशीय सिरिज आयरल्याण्डद्धारा क्लीन स्वीप । एसएमएस फ्रेन्डशिप कपको उपाधी नेपालले जितेको छ । आईतबार भएको फाईनलमा घरेलु टोली भारतको गुजरातलाई १८ रनले हराउँदै नेपालले उपाधी उचालेको हो ।

जितका लागि नेपालले दिएको १७७ लक्ष्य पछ्याएको गुजरात निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १५८ रनमा समेटियो । गुजरातका लागि कप्तान उमङ्ग रोहित कुमारले सर्वाधिक ४० रनको योगदान गरे । आर्य देसाईले ३६ , रुद्र मयूर पटेलले १७ तथा जयमित पटेलले १५ रन जोडे । गुजरातलाई सस्तैमा समेट्ने क्रममा अविनाश बोहोराले सर्बाधिक ३ विकेट लिए ।

दीपेन्द्र सिंह ऐरीले २ तथा करन केसी र कुशल मल्लले समान १–१ विकेट हात पारे । त्यसअघि गुजरातको वापीमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ७४ रनको योगदान गरे । आशिफ शेखले ३४ तथा कुशल भुर्तेलले १९ रन जोड्दा कुशल मल्ल ३१ रनमा अबिजित रहेका थिए । आजको खेल ओमानमा हुने प्रिमियर कप अघि नेपालका लागि अन्तिम खेल समेत हो । नेपाली टोली भारतबाट सिधै ओमान तर्फ प्रस्थान गर्नेछ । 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  २०:३१
प्रतिक्रिया दिनुहोस्