ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० बिश्वकप

क्यानडाले दियो अमेरिकासामु १९५ रनको चुनौति 

आइतबार, जेठ २०, २०८१

काठमाण्डौँ :आईसीसी टी–२० बिश्वकप क्रिकेटको उद्धघाटन खेलमा क्यानडाले घरेलु टोली अमेरिका विरुद्ध जितकालागि १९५ रनको चुनौति पेश गरेको छ । ड्यालस स्थित ग्रान्ड प्रेरी रङ्गशालामा टस जितेको अमेरिकाले फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ थालेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन जोड्यो ।

उसकालागि नवनीत धालिवालले सर्वाधिक ६१ रनको पारी खेले । ४४ बलको सामना गरेका उनले ६ चौका र ३ छक्का प्रहार गरे । निकोलस किर्टनले पनि अर्धसतकिय पारी खेल्दै ५१ रन जोडे । ३१ बलको सामना गरेका उनले ३ चौका र २ छक्का हिर्काए ।

 श्रेयस मोव्वाले अविजित ३२ रन बनाए । आरोन जनसनले २३ तथा  दिलप्रीत बाजवाले ११ रन जोडे । बलिङ तर्फ अलि खान,हरमित सिंह र कोरी एन्डरसनले एक/एक विकेट लिए ।

विश्वकप अघिको सिरिजमा बंगालादेशलाई हराएको अमेरिका उच्च लयकासाथ मैदानमा उत्रिदाँ घरेलु समर्थकसामु जित्नै पर्ने दबाबमा छ । वार्मअपमा नेपाललाई हराएको क्यानाडा पनि अमेरिकालाई हराउने लक्ष्यमा छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ०७:५८
प्रतिक्रिया दिनुहोस्