ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० बिश्वकप

अमेरिकाको विजयी सुरुवात,क्यानडा ७ विकेटले पराजित

आइतबार, जेठ २०, २०८१

काठमाडौँ :आईसीसी टी–२० बिश्वकप क्रिकेटमा घरेलु टोली अमेरिकाले विजयी सुरुवात गरेको छ । आईतवार भएको उद्धघाटन खेलमा क्यानडालाई ७ विकेटले हराउँदै अमेरिकाले विजयी सुरुवात गरेको छ ।

जितकालागि क्यानडाले दिएको १९५ रनको लक्ष्य अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । अमेरिकाका स्टेभन टेलर शुन्य रनमा आउट हुँदा कप्तान मोनांक पटेल पनि १६ रनमा पभेलियन फर्किएपछि निकै दबाबमा आएको अमेरिकाकालागि एन्ड्रिज गौस र आरोन जोन्सले विस्फोटक ब्याटिङगर्दै जित दिलाए । यी दुवैले तेस्रो विकेटका लागि १३१ रनको उत्कृष्ट साझेदारी गरे ।

आरोन जोन्सले अविजित रहँदै सर्बाधिक ९४ रनको योगदान गरे । ४० बलको सामना गरेका उनले १० छक्का र ४ चौका प्रहार गरे । गौसले ६५ रन जोडे ४६ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ०९:४६
प्रतिक्रिया दिनुहोस्