ADD FOR WEBSIDE ADD FOR WEBSIDE

विश्वकप छनोटमा यूएईविरुद्ध खेल्ने नेपाली टोली घोषणा

आइतबार, जेठ २०, २०८१

काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप फुटबल छनोटको दोस्रो चरणमा यूएईविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । एन्फाले आगामी जुन ६ मा हुने युएईविरुद्धको खेलका लागि २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको हो ।

नेपाल र यूएईबीचको खेलसाउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुनेछ । एसियाली फुटबल महासंघले दशरथ रंगशालाको मैदानको अवस्था,  फ्लडलाइट र सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै खेललाई न्युट्रल भेन्युमा सारेको हो ।

पछिल्लो पटक इङ्गल्यान्ड भ्रमणमा रहेका दिनेश हेन्जन र फत्तेमान घले र फरवार्ड अन्जन विष्ट चोटका कारण  टोलीमा अटाएका छैनन् । चोटका कारण इङ्ल्यान्ड भ्रमण गुमाएका अनन्त तामाङ भने टोलीमा फर्किएका छन्  ।
 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १८:४०
प्रतिक्रिया दिनुहोस्