HOLI HOLI

विश्वकपमा शतक हान्नेलाई वाईवाईले १ लाख दिने

आइतबार, जेठ २०, २०८१

काठमाण्डौँ : चौधरी ग्रुप अन्तर्गतको वाईवाई चाउचाउले टी–२० विश्वकपमा नेपाली खेलाडीको हौसलाका लागि पुरस्कारको घोषणा गरेको छ । नेपालले जुन ४ मा नेदरल्याण्डसंग पहिलो खेल खेल्दैछ । पछिल्लो समय करिब एक महिना अभ्यास तथा विभिन्न सिरिजमा ब्यस्त टोली फर्ममा रहेका बेला नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रुपैयाँ नगद उपलब्ध गराउने सीजी फुड्सले घोषणा गरेको  हो ।

वाईवाईले प्रत्येक रन बनाए बापत १ हजार, प्रत्येक चौका बापत ८ हजार, प्रत्येक छक्का बापत १२ हजार, प्रत्येक विकेट बापत १५ हजार, प्रत्येक अर्धशतक बापत ५० हजार, प्रत्येक शतकबापत १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । विश्वकपको सुपर–८मा पुग्न सफल भएमा नेपाली राष्ट्रिय टिमलाई वाइवाइ चाउचाउले नगद ३० लाख रुपैयाँ पुरस्कार दिने सीजी फुड्स नेपाल लिमिटेडले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

 नेपाल क्रिकेट सङ्घ (क्यान) सँगको सहकार्यमा यी पुरस्कारहरू घोषणा गरिएको हो । ‘हामी प्रत्येक नेपालीलाई नेपाली राष्ट्रिय टिमले टी–२० क्रिकेट विश्वकपको ट्रफी उचालेको हेर्न उत्कट चाहना छ।

हाम्रा खेलाडीहरू त्यसका लागि योग्य छन् तापनि उनीहरूको हौसलालाई अझै माथि उठाउनु हाम्रो कर्तव्य हो’, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘वाइवाइविगत २० वर्षदेखि नेपाली क्रिकेटको विकासमा सहयात्रा गरिरहेको छ। र, नेपालले विश्वकप खेल्ने यस ऐतिहासिक क्षणमा वाइवाइ हाम्रा खेलाडीहरूकै साथमा छ भन्ने यो अर्को प्रमाण हो।’ बिज्ञप्तीमा भनिएको छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  २१:१५
प्रतिक्रिया दिनुहोस्