ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० बिश्वकप :

पिएनजीद्धारा वेष्टईण्डिजसामु १३७ रनको लक्ष्य 

आइतबार, जेठ २०, २०८१

एजेन्सी :आईसीसी टी–२० बिश्वकप क्रिकेट अन्तर्गतको दोस्रो खेलमा पपुवा न्यूगिनि (पिएनजी ) ले वेष्टईण्डिजसामु जितका लागि १३७  रनको लक्ष्य दिएको छ ।

वेष्टईण्डिजको घरेलु मैदान प्रोभिडेन्स स्टेडियम, गयानामा टस हारेर पहिले ब्याटिङमा तानिएको पपुवा न्यूगिनिले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३६ रन बनाएको हो ।उसकालागि सेसे बाउअघि अर्धसतकिय पारी खेल्दै सर्वाधिक ५० रनको योगदान गरे ।

टी–२० विश्वकपमा पपुवा न्युगिनीका लागि अर्धशतक बनाउने उनी दोस्रो खेलाडी बनेका छन् । उनले ४३ बलमा ५० रन बनाएका हुन् ।  बाउअघि टिमका कप्तान असद वालाले टी–२० विश्वकपमा पपुवा न्युगिनीका लागि ५० रन बनाएका थिए । सन् २०२१ को टी–२० विश्वकपमा ओमानविरुद्धको खेलमा असदले ४३ बलमा ५६ रनको इनिङ खेलेका थिए ।

किप्लिन डोरिगाले २७,कप्तान असद वालाले  २१ तथा चार्ल आमिनीले १२ रन जोडे । चाँद सोपरले १०,टोनी उर्रा २ तथा लेगे साईका १ रनमा समेटिए ।

बलिङतर्फ आन्दे्र रसेल र अल्जारी जोसेफले २ विकेट लिए ।
 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  २१:४५
प्रतिक्रिया दिनुहोस्