ADD FOR WEBSIDE ADD FOR WEBSIDE

टी–२० बिश्वकपमा वेष्टईण्डिजको विजयी सुरुवात

पिएनजी ५ विकेटले पराजित 
आइतबार, जेठ २०, २०८१

एजेन्सी : आईसीसी टी–२० बिश्वकप क्रिकेटमा वेष्टईण्डिजले विजयी सुरुवात गरेको छ । आईतवार राती भएको खेलमा पपुवा न्यूगिनि (पिएनजी) लाई ५ विकेटले हराउँदै वेष्टईण्डिजले विजयी सुरुवात गरेको हो । जितकालागि (पिएनजी ) ले दिएको १३७ रनको लक्ष्य वेष्टईण्डिजले १९ ओभरमा ५ विकेट गुमाएर भेटायो ।

वेष्टईण्डिजको जितमा रोस्टन चेजले अविजित रहँदै सर्वाधिक ४२ रनको योगदान गरे । ब्रान्डन किङले ३४ तथा निकोलस पुरनले २७ रन जोडे । कप्तान रोवमन पावलले १५ रन जोडे ।

त्यसअघि वेष्टईण्डिजको घरेलु मैदान प्रोभिडेन्स स्टेडियम, गयानामा टस हारेर पहिले ब्याटिङमा तानिएको पपुवा न्यूगिनिले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३६ रन बनाएको हो ।

उसकालागि सेसे बाउअघि अर्धसतकिय पारी खेल्दै सर्वाधिक ५० रनको योगदान गरे ।टी–२० विश्वकपमा पपुवा न्युगिनीका लागि अर्धशतक बनाउने उनी दोस्रो खेलाडी बनेका छन् । उनले ४३ बलमा ५० रन बनाएका हुन् ।  बाउअघि टिमका कप्तान असद वालाले टी–२० विश्वकपमा पपुवा न्युगिनीका लागि ५० रन बनाएका थिए । सन् २०२१ को टी–२० विश्वकपमा ओमानविरुद्धको खेलमा असदले ४३ बलमा ५६ रनको इनिङ खेलेका थिए ।

किप्लिन डोरिगाले २७,कप्तान असद वालाले  २१ तथा चार्ल आमिनीले १२ रन जोडे । चाँद सोपरले १०,टोनी उर्रा २ तथा लेगे साईका १ रनमा समेटिए ।बलिङतर्फ आन्दे्र रसेल र अल्जारी जोसेफले २ विकेट लिए ।
 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  २३:४२
प्रतिक्रिया दिनुहोस्