ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० बिश्वकप :

ओमानले दियो नामिवियालाई ११० रनको लक्ष्य

सोमबार, जेठ २१, २०८१

एजेन्सी :आईसीसी टी–२० बिश्वकप क्रिकेटमा ओमानले नामिवियासामु ११० रनको लक्ष्य प्रस्तुत गरेको छ । केन्सिङ्टन ओवल, ब्रिजटाउन, बार्बाडोसमा टस हारेर पहिले ब्याटिङमा तानिएको ओमानले १९ दशमलब ४ ओभरमा सवै विकेट गुमाउँदै १०९ मात्र बनाउन सक्यो ।

उसकालागि खालिद कैलले सर्वाधिक ३४ रनको योगदान गरे । जिसन मक्सुदले २२ ,आयान खानले १५ तथा शकील अहमदले ११ रन जोडेपनि अन्य ब्याटरले दोहोरो अंकको रन छुन सकेनन् ।

कप्तान अकिब इलियास र कैश्यप प्रजापतिले खाता नै खोल्न सकेनन् । यी टोलीबीच हालसम्म ६ वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् जसमा नामिबियाले ४ र ओमानले २ ओटा खेल जितेको छ । नामिबियाले २०२२ को टी–२० विश्वकपमा खेलिसकेको छ । ओमानलाई सस्तैमा समेट्ने क्रममा रुबेन ट्रम्पलम्यानले सर्वाधिक ४ विकेट लिँदै ह्याट्रिक पुरा गरे ।

डेभिड विसले ३ तथा गेर्हार्ड इरास्मसले २ विकेट हात पारे । यस सिजनको टी–२० बिश्वकप क्रिकेटमा ओमानले बनाएको स्कोर अहिलेसम्मकै सबैभन्दा कम हो । वेष्टईण्डिज विरुद्धको खेलमा पपुवा न्यूगिनिले १३६ रन बनाएको थियो ।

टी–२० विश्वकपमा सबै भन्दा कम रन बनाउने खराब किर्तिमान नेदरल्याण्डको नाममा छ । सन् २०१४ मा श्रीलंकाविरुद्धको खेलमा नेदरल्याण्ड्स ३९ रनमा अलआउट भएको थियो । 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ०७:५१
प्रतिक्रिया दिनुहोस्