ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपाल बिरुद्धको एक दिवशीय श्रृंखला आयरल्याण्डद्धारा क्लीन स्वीप

आइतबार, चैत २५, २०८०

काठमाण्डौँ । नेपाल ए बिरुद्धको एक दिवशीय सिरिज आयरल्याण्ड ए ले क्लीन स्वीप गरेको छ । आईतबार भएको तेस्रो तथा अन्तिम खेलमा नेपाललाई ६९ रनले हराउँदै आयरल्याण्डले श्रृखंला क्लीन स्वीप गरेको हो ।

जितका लागि आयरल्याण्ड ए ले दिएको २८५ रनको लक्ष्य पछ्याएको नेपाल ३९ दशमबल ४ ओभरमा सवै विकेट गुमाउँदै २१५ रनमा समेटियो । नेपालका लागि अर्जुन कुमालले शतकिय पारी खेल्दै १०२ रन जोडे पनि जित दिलाउन सकेनन् । अर्जुन साउदले ३६ तथा नरेन भट्ट र रुपेश सिंले समान १५/१५ रन जोडेपनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

यो पनि पढ्नुहोस् :आयरल्याण्ड वुल्भ्स १५७ रनमा अलआउट 

त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड एले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २८४ रन बनाएको थियो ।आयरल्याण्डका लागि ओपनर स्टेफेन डोहेनीले १०७ रनको शतकीय पारी खेले । पिटर मूरले ४४ ,मोर्गन टोपिंगले २१, फिओनन हान्डले २०, बेन ह्वाइटले १९ तथा माथ्यु हम्परेजले २३ रन जोडेका थिए । पहिलो खेलमा नेपाल २१ तथा दोस्रो खेलमा ११४ रनले पराजित भएको थियो ।
 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  २०:४०
प्रतिक्रिया दिनुहोस्