ADD FOR WEBSIDE ADD FOR WEBSIDE

महिला फुटबलको प्रशिक्षकमा राजेन्द्र तामाङ

सोमबार, जेठ २१, २०८१

काठमाडौँ: अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङलाई नियुक्त गरेको छ । 
राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा भगवती थापालाई र गोलकिपिङ प्रशिक्षकमा विनोद महर्जन नियुक्त भएका एन्फाले जनाएको छ । 
टोली प्रबन्धकमा बिन्द्रा दिवानले कार्यभार सम्हाल्नेछन् भने टोलीमा डा. ज्योति राई र टिम फिजियोको रूपमा नबिना श्रेष्ठ वैद्यले काम गर्नेछन् ।
सोमवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाका महासचिव किरण राईले मुख्य प्रशिक्षक तामाङसहितका नियुक्त पदाधिकारीलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्