ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपाल लगातार साफ महिला च्याम्पियनशिप गर्ने पहिलो मुलुक

सोमबार, जेठ २१, २०८१

काठमाडौँ :लगातार साफ महिला च्याम्पियनशिप आयोजना गर्ने नेपाल पहिलो मुलुक बन्ने भएको छ । साफ महिला च्याम्पियनशिप फुटबल २०२४ आयोजनाको जिम्मवारी पाएसंगै नेपाल लगातार तेस्रो पटक संस्करण आयोजना गर्ने पहिलो मुलुक बन्ने भएको हो ।

दक्षिण एसियाली फुटबल महासंघ साफको सोमवार बसेको बैठकले साफ महिला च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो ।

च्याम्पियनशिप आगामी अक्टोबर १७ देखि ३० सम्म काठमाडौंस्थित दशरथ रंगशालामा हुनेछ । प्रतियोगितामा दक्षिण एशियाका सात वटै देशको सहभागिता रहने साफले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्