ADD FOR WEBSIDE ADD FOR WEBSIDE

दक्षिण अफ्रिकासंग श्रीलंका ७७ रनमा अलआउट

सोमबार, जेठ २१, २०८१

एजेन्सी :आईसीसी टी–२० बिश्वकप क्रिकेटमा श्रीलंकाले खराब प्रदर्शन गरेको छ । दक्षिण अफ्रिका विरुद्धको खेलमा श्रीलंका ७७ रनमा अलआउट भएको हो ।

न्यूयोक स्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ थालेको श्रीलंका पुरै ओभर टिक्न सकेन् ।

१९.१ ओभरमा सवै विकेट गुमाएको श्रीलंका ७७ रनमा समेटियो । श्रीलंकाका कुशल मेण्डिसले सर्बाधिक १९ ,एन्जेलो म्याथ्युजले १६ तथा कामिन्दु मेण्डिसले ११ रन बनाएपनि अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

कप्तान वानिन्दु हसरंगा सहित अन्य चार श्रीलंकाली ब्याटरले खाता नै खोल्न सकेनन् । श्रीलंकाले दक्षिण अफ्रिकाविरुद्धको खेलमा ऐतिहासिक खराब रेकर्ड समेत बनाएको छ । श्रीलंकाले बनाएको स्कोर टी–२० ईतिहासमा सवैभन्दा कम रन हो । यसअघि सन् २०१६ मा भारतविरुद्ध श्रीलंकाको टोली ८२ रनमा अलआउट भएको थियो । सन् २०१० मा श्रीलंकाको टोली अष्ट्रेलियाविरुद्ध ८७ रनमा अलआउट भएको थियो ।

 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  २१:५१
प्रतिक्रिया दिनुहोस्